पाकिस्तानको कराचीमा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु

पाकिस्तानको कराचीमा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु

इस्लामावाद ।

पाकिस्तानको कराचीमा भएको विमान दुर्घटनामा ११ जनाको मृत्यु भएको जनाइएको छ ।

९१ यात्रु र आठ चालक दलका सदस्य रहेको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स एयरबस ए ३२० यात्रुबाहक विमान पाकिस्तानीको दक्षिणी सहर कराचीमा शुक्रबार दिउँसो दुर्घटना भएको थियो ।

लाहुरबाट उडेको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या अझै बढ्नसक्ने बताइएको छ । बीबीसी रिपोर्टअनुसार एकजना दुर्घटनाबाट बाँच्‍न सफल भएका छन् ।

मोडेल आवासीय क्षेत्रमा दुर्घटना हुँदा ठूलो कालो धुवाँ निस्किएको थियो । उक्त क्षेत्रमा कयौं घरहरुमा क्षति पुगेको बताइएको छ ।

उक्त विमानले दिउँसो २स्३० बजे एयर ट्राफक कन्ट्रोलसँगको सम्पर्क विच्छेद भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ताले जनाएका छन् ।

एक प्रत्यक्षदर्शीका अनुसार चारवटा घरहरु पूर्णरुपमा क्षति भएका छन् । त्यहाँ एकदम ठूलो आगलागी भएर धुवाँ निस्किएको थियो ।

सिन्ध प्रान्तका मुख्यमन्त्रीले कराचीमा सम्पूर्ण अस्पतालमा आपतकाल घोषणा गरेर तत्काल उपचार र उद्धारमा खटिन आग्रह गरेका छन् ।

विमान दुर्घटनाको कारण भने अहिलेसम्म पुष्टि हुन सक्को छैन ।

बीबीसी

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij