बुटवल- बिहिबार मृत्यु भएका कारोना भाइरस संक्रमित गुल्मीको मदानेका शिक्षक सबैका प्रिय थिए । मदाने ६ पुर्कोटदहका उनी २०५९ सालदेखि स्थानीय कङ्गे देउराली आधारभुत बिद्यालयमा पढाउथे । समुदाय मिलेर एउटा टहरोमा सुरु गरीएको बिद्यालयलाइ उनकै नेतृत्वमा नमुना बिद्यालयको रुपमा स्थापित गराइएको गाँउले बताउछन । गाँउ समाजमा कसैलाइ केही समस्या परे उनी रात दिन नभनेर सहयोगमा जुटथे । उनको परिवारलाइ पर्दा पनि आफन्त र छिमेकी मात्रै हैन टाढाटाढाबाट इष्टमित्र जुटीहाल्थे ।
तर सबैको सुख दुखमा सधै साथ दिने तिनै शिक्षकले कोरोनाको नाममा मृत्यु पछि न घाट पाए न अग्नी । बिहिबार रुपन्देहीको क्रिमसन अस्पतालमा उनको मृत्यु भएको हो । झण्डै ३२ घण्टा सम्म शव अस्पालमा रहयो । कोरोना संक्रमित बिरामीको मृत्यु भएमा भनेर शव व्यवस्थापनकालागि सरकारले यसअघि नै प्रोटोकल तयार गरेको छ । तर त्यही प्रोटोकल अनुरुप शव व्यवस्थापनमा तीन तहका सरकार तथा तीनका जिम्मेबार निकाय बिच नै समन्वय हुन नसक्दा लामो समय सम्म शव अस्पतालमै रहयो ।
अन्तिम संस्कारकालागि घाट समेत उपलब्ध गराइएन । तिलोत्तमाको तिनाउ किनारको मगर घाटमा स्थानीयले बिरोध गरे । त्यसपछि तिलोत्तमाकै अमुवा पुल मुनी शव जलाउने भनिएपनि त्यहाँका स्थानीयले पनि बिरोध गरेको प्रशासनको भनाइ छ । अन्तत शवलाइ तिलोत्तमाकै भलुही जंगलको बिचमा लगेर गाडीयो ।
मृत्तकका परिवारले शव घर ल्याउन नपाएपनि परिवारको सहमती बिपरित जंगलमा लगेर गाडीएको भन्दै असन्तुष्टि जनाएका छन । मृत्तककी श्रीमतीले त परम्परा अनुसार दाहसंस्कारको प्रबन्ध मिलाउन माग गर्दै शुक्रबारै जिल्ला प्रशासन गुल्मीका निवेदन दिएकी थिइन । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भने सरकारको प्रोटोकल अनुरुप कोरोना संक्रमितको शव व्यवस्थापन गरीएको जनाएको छ । परिवारको सहमती बिनै किन शव जंगलमा गाडीयो भन्ने गुनासोका सम्बन्धमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले आफुले सेनालाइ कार्यविधि अनुरुप गर्नु भन्ने निर्देशन दिएको बताए । ‘शव जलाइयो वा गाडीएको हो त्यसबारे मलाइ जानकारी भएन तर कार्यविधि अनुरुप गर्नु भनेर निदेशन चाँही दिएको हुँ’ प्रजिअ पन्थले भने ।
लकडाउन नै भएपनि कोरोना पुष्टि नहुँदा सम्म ती शिक्षकलाइ अस्पतालमा भेटन आउने मान्छेको कमी थिएन । तर मृत्यु पछि भने त्यही अस्पताल भित्रै रहेका मृत्तकका भाइ र शालाले समेत उनको अन्तिम संस्कार गर्न पाएनन । मृत्तकका कान्छा भाइ बशन्तले शव घरमा ल्याउन नपाएपनि अस्पतालमै रहेका माइला दाजुले अग्नी दिने सल्लाह भएको बताए । हामीले यहाँ भाउजु,बृद्ध बाआमा र छोराहरुलाइ सम्झाउदै थियौं । शव ल्याउन नपाएपनि हाम्रो संस्कार अनुरुप सदगत गर्नुपर्छ भनेका थियौ । तर गरीएन छ’ । ७१÷७२ बर्षका बृद्ध आमाबुवालाइ यो खबरले झन बिच्छिप्त बनाएको छ । पिडा माथि पिडा थप्ने काम गरीयो’ बशन्तले भने ।
मृत्तक जेठ १ गते रुपन्देहीको तिलौत्तमा स्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए । आइसीयु कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनको बिहिबार बिहान मृत्यु भएको हो । जण्डिस र ज्वरो आएपछि उनी अर्घाखाँचीको सन्धिखर्क स्थित छाया पोलिक्लिनीकमा उपचारकालागि आएका थिए । क्लिनीकले क्रिमसनमा रेफर गरीदिएपछि बुटवल आए । कोरानासंग मिल्दो जुल्दो लक्षण देखिएपछि अस्पतालमै जेठ २ गते स्वाब झिकी परीक्षणकालागि पठाइयो । ५ गते रिर्पोटमा कोराना पोजेटिभ देखिएको थियो ।
तर परिवारले भने कोरोना पाजेटिभ रिर्पोट आइसक्दा पनि पत्याएका छैनन । परिवारले उनको मृत्यु कोरोनाबाट नभइ अस्पतालको लापरबाहीले भएको भन्दै गुनासो गरेका छन ।
यससगै नेपालमा कोरोना संक्रमित ३ जनाको मृत्यु भएको छ । यसअघि बाँकेमा मृत्यु भएका बाँकेको युवा मुस्लिम भएका कारण उनको शव धार्मीक परम्परा अनुरुपनै गाडीएको थियो । काठमान्डौमा उपचाका क्रममा मृत्यु भएकी संक्रमित महिलालाइ काठमान्डौमै जलाइएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्