बुटवल
बिहिबार मृत्यु भएका गुल्मीका कोरोना भाइरस संक्रमित शिक्षकको परिवार सहित सम्पर्कमा रहेका भनिएका गाँउका २५ जनाको थ्रोट स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको छ । मृत्तक शिक्षकका परिवार सहित ३० जनाको स्वाव परिक्षणकालागि पठाइएको थियो । २५ जनाको रिर्पोट नेगेटिभ आएको छ । शिक्षककी श्रीमती सहित परिवारका सदस्यको रिर्पोट पनि नेगेटिभ आएको मदाने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले जानकारी दिए । बाँकी ५ जनाको रिर्पोट आउन बाँकी छ । यसअघि उपचारमा संलग्न क्रिमसन अस्पतालका चिकित्सक,नर्स सहित २९ जनाको रिर्पोट पनि नेगेटिभ आएको छ । अस्पतालको आइसीयुमा उपचारत शिक्षकलाइ कोरोना भएको पुष्टि भएपछि अस्पतालका स्वाथ्यकर्मी, कर्मचारी र ३ जना कुरुवा गरी २९ जनाको थ्रोट स्वाव परीक्षण गर्न पठाइएको थियो । पिसीआर टेष्टमा २९ जनाको रिर्पोट कोरोना नेगेभिट आएको भैरहवाको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । बुटवल आउनु अघि ती संक्रमितको स्वास्थ्य परिक्षण गरीएको अर्घाखाँचीको छाया पोलिक्लिनीमा कार्यरत चिकित्सक नर्स सहितका १० जनाको रिर्पोट पनि यसअघि नै नेगेटिभ आएको थियो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्