नेपाल प्रवेशको अनुमति नपाउँदा सीमापारीको क्वारेन्टाइनमै एक युवाको मृत्यु

नेपाल प्रवेशको अनुमति नपाउँदा सीमापारीको क्वारेन्टाइनमै एक युवाको मृत्यु

भैरहवा ।
रोजगारीका लागि भारतका गएका युवा लकडाउनका कारण नेपाल प्रवेशको अनुमति नपाउँदा सीमापारीको क्वारेन्टाइनमै मृत्यु भएको छ। जेठ ५ गते नौतनवास्थित राजीव गान्धी पीजी कलेजको क्वारेन्टाइनमा राखिएका स्याङजाका हरिनाथ नगरपालिका २ चिसापानीका ३२ वर्षीय देव बहादुर थापाको आज मृत्यु भएको भारत नौतनवाका एसडिएम जसधिर सिंहले पुष्टि गर्नु भएको छ ।मृतक थापाको स्वास्थ्यमा समस्या उत्पन्न भएपछि जिल्ला सदरमुकाम महाराजगंज अस्पतालमा उपचार पश्चात शुक्रबार साँझ पुनः क्वारेन्टाइनमा ल्याइएपछि उनको मृत्यु भएको एसडिएम सिंहले बताउनु भयो। उनी भारतको अलिगढबाट केही दिन पैदल हिँडेर मुलुक फर्किने आशामा सीमामा पुगेका थिए। तर, सरकारले प्रवेश अनुमति नदिदाँ उनलाई सीमावर्ती भारतीय बजार नौतनवाको क्वारेन्टाइनमा राखिएको थियो।
एसडिएम सिंहका अनुसार मृतक क्वारेन्टाइनमा आउनु अघि उनको खुट्टा र अन्डकोष सुन्निएको तथा मृगौला सम्बन्धिको समस्या देखिएको थियो। सीमामा पुगेर अलपत्र पर्ने नेपाली नागरिकलाई नौतनवास्थित स्थापना गरिएको विभिन्न क्वारेन्टाइनमा राख्ने गरिन्छ। सिहले घटनाबारे नेपालको स्थानीय प्रशासनलाई जानकारी गराएको र उनीहरु आएर अवस्थाबारे जानकारी लिइरहेको बताउनु भयो। उक्त क्वारेन्टाइनमा १ सय ३९ जना नेपाली रहेको बताइएको छ। मृतकको शव पोस्टमार्टमका लागि महाराजगंज जिल्ला अस्पतालमा पठाइएको र पोस्टमार्टम पश्चात मृत्युको कारण खुल्ने इलाक प्रहरी कार्यालय बेलहिया का प्रहरी निरिक्षक इश्वरी अधिकारी ले बताउनु भयो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij