बुटवल-लक डाउनमा भारतबाट फर्किएर क्वारेनटाइनमा बसेका नेपालीहरुलाई राहत वितरण गरिएको छ । रुपन्देहीको २ओटा नगरपालिका र एउटा गाउँपालिकामा रहेको ३ ओटा क्वारेनटाईनलाई हाई लाइफ फूड्स प्रा .लिले खाद्यान्न वितरण गरेको हो । चिउरा , सोयाबिन , मस्यौरा , कनफ्ल्याक , ओट्स ,उत्पादन गर्ने हाई लाइफ फूड्स प्रा लि ले दैनिक २00 जनालाई रोजगारी प्रदान गर्दै आइरहेको छ । ९०% सामग्री नेपाल बाट हङकङ , मकाउमा निर्यात गर्छ भने प्रशोधनको लागि अष्टेलिया , संयुक्त राज्य अमेरिका पठाउने गरेको प्रा लि का प्रबन्ध निर्देशन प्रशान्त घिमिरेले जानकरी दिनु भयो । राहत वितरण कार्यक्रम अन्तरगत बुटवल उपमहानगर पालिका वडा नंबर ४ मा अवस्थित कान्ति माध्यमिक विधालयमा रहेको क्वारेनटाइनमा रहेका ११० जनाको लागि वडा अधक्ष्य टंक पराजुलीलाई राहत हस्तान्तरण गरिएको छ । त्यस्तै वैशाख ३१ गते नेपाल भारत सिमाना बेलहीया नाका बाट नेपाल भित्र्याइएर तिलोत्तमा नगरपालिका वडा नंबर २को शंकनगरमा अवस्थित दुर्गादत्त माध्यमिक विधालयमा राखिएका ४५ जनाको लागि वडा अध्यक्ष लाई राहत हस्तान्तरण गरिएको छ । तेस्तै सियारी गाउँपालिका वडा नंबर १ का अधक्ष्य अरुण शाही लाई ३०० परिवारलाई एक हप्ता पुग्ने खाद्यन वितरण गरिएको हो।
प्रकाशित मिति : आइतबार, जेष्ठ ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्