काठमाडौं -नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ पुगेको छ । सोमबार एकैदिन थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ६ सय ७५ पुगेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ७२ जनामा काेराेना संक्रमण भएकाे पुष्टि गरेकाे हाे ।
मन्त्रालयका अनुसार धनुषाको नगराइन नगरपालिकाका ३ जना पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ४,५ र ६ का ३ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै बाराको कलैया नगरपालिकाका २ जना पुरुष, गढिमाइ नगरपालिकाका २१ जना पुरुष र रौतहटको राजपुर फरहदवा र इश्नाथका २६ जना पुरुष संक्रमित भएका छन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]