कोरोना भाइरसका थप ६ जना संक्रमित, संक्रमितको संख्या ६८२पुग्यो

कोरोना भाइरसका थप ६ जना संक्रमित, संक्रमितको संख्या ६८२पुग्यो

काठमाडौं । कोरोना भाइरसका थप ६ जना संक्रमित थपिएका छन् । यससँगै नेपालमा संक्रमित हुने व्यक्तिहरुको संख्या ६८२ पुगेको छ ।
पहिलो पटक सुदुरपश्चिम प्रदेशको अछाम जिल्लामा पनि कोरोना संक्रमित देखिएका छन् ।अछामको मेललेक गाउँपालिकाका ३२ वर्षीय पुरुषलाई कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनको सेती अञ्चल अस्पतालको प्रयोगशालामा स्वाव परीक्षण गरिएको थियो ।यस्तै, भेरी अञ्चल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बर्दिया गुलरिया ३ र १० नं। वडाका दुई जना पुरुषमा कोरोना संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै, नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणअनुसार बारा जिराभवानी गाउँपालिकाको कालिकामाई क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये १ जना काठमाडौं निवासी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बाराका एक वृद्धसहित कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या ४ पुगेको छ । मृतक ४ जनासहित कोरोना संक्रमितको कुल संख्या ६८२ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij