काठमाडौं,।
नेपाली कांग्रेसले रुकुम पश्चिममा दलित युवकको हत्या भएको सम्बन्धमा संसदीय छानबिन हुनुपर्ने माग गरेको छ ।
मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाका दुबै बैठकमा कांग्रेसका सांसदहरुले घटनाको निष्पक्ष छानबीन र दोषीमाथि कार्वाही गर्न माग गरेका हुन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका सांसद मीन विश्वकर्माले पश्चिम रुकुममा दलित युवकको मृत्युको घटनाको संसदीय छानबिन गरिनुपर्ने माग गरे ।
उनले घटनामा बेपत्ता भएकाको खोजी, मृतकलाई क्षतिपूर्ति र घाइतेको उपचार गर्न सरकारसँग माग गरेका हुन् । घटनामा संलग्नको आरोपमा पक्राउ परेकालाई राजनीतिक दबाब र प्रभावमा रिहा नगरी निष्पक्ष छानबिन गर्न पनि सांसद विश्वकर्माले माग गरे ।
यसैगरी राष्ट्रिय सभाको बैठकमा पनि नेपाली कांग्रेसले पश्चिम रुकुममा कथित माथिल्लो जातबाट भएको आक्रमणमा परी दलित युवाले ज्यान गुमाएको भन्दै घटनामा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्