काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस कोभिड–१९ को संक्रमित भेटिएलगत्तै स्थानीय तह तथा समुदाय सिल नगर्न आग्रह गरेको छ ।
पछिल्लो समय संक्रमितको पूर्ण विवरण यकिन नहुँदै हल्लाकै भरमा स्थानीय तह तथा समुदाय सिल गर्ने प्रवृत्ति बढेको छ । यसले अनावश्यक स्थान सिल हुन पुगेको भन्दै स्वास्थ्य मन्त्रालयले हतारमा निर्णय नलिन अनुरोध गरेको हो ।
‘स्थानीय तह र समुदायमा कोरोना संक्रमितको ठेगाना सुन्नेबित्तिकै सिल गर्ने प्रवृत्ति छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले भने, ‘हतारमा यस्तो निर्णय लिन जरुरी छैन । संक्रमितबारे इपिडिमियोलोजी र प्रदेश सरकारबाट जानकारी आएपछि मात्रै यसबारे निर्णय गर्नुहोला ।’
कोरोना परीक्षणका लागि नमुना दिँदा आफ्नो अस्थायी र स्थायी ठेगाना उपलब्ध गराउन पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । परीक्षण गराउनेको पूर्ण विवरण नहुँदा संक्रमितको अस्थायी र स्थायी ठेगानाबारे अन्योल बढेको भन्दै स्वास्थ्यले पूर्ण विवरण पेस गर्न आग्रह गरेको हो ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्