रुपन्देही सुनचाँदी संघद्धारा रुकुम र जाजरकोटको घटनामा संलग्न दोषीलाई कारवाहीको माग

रुपन्देही सुनचाँदी संघद्धारा रुकुम र जाजरकोटको घटनामा संलग्न दोषीलाई कारवाहीको माग

बुटवल –पश्चिम रुकुमको चौरजहारीमा अन्तरजातीय प्रेमका कारण हत्या भएको घटनाप्रति सर्वत्र विरोध हुन थालेको छ । रुपन्देही सुनचाँदी व्यवसायी संघले मंगलबार एक प्रेस विज्ञिप्ती जारी गरेर जातीय विभेदका कारणले विभत्स रुपमा हत्या भएको भन्द घटनालाई तोडमोड नगरि दोषीलाई कानुनी कारवाहीमा ल्याउन माग गरेको छ ।

संघका अध्यक्ष एमवि विश्वकर्माद्धारा जारी विज्ञिप्तमा जाजरकोट जिल्ला भेरी नगरपालिका ४ रानागाउँका नवराज विक सहित तीन जनालाई निर्मम् ढंगले गरिएको हत्याले स्तब्ध बनाएको उल्लेख गर्दै हत्या प्रति घोर निन्दा र भ्रत्सना गगरिएको छ । मृतकहरुप्रति समवेदना प्रकट गर्दै घटनामा संलग्नलाई कुनै पनि राजनितिक प्रभाव र दवावमा नपरि अनुसन्धान गर्न माग गरिएको छ ।

उक्त घटनामा परि भेरी नगरपालिका ४ रानागाउँका नवराज विक र पश्चिम रुकुम चौरजहारी नगरपालिका ८ सोतीकि शुष्मा मल्ल बीच लामो समय देखि प्रेम सम्बन्ध रहेको थियो । केटीको आमा बावुले उक्त प्रेम सम्बन्ध स्वीकार नगरे पछि भगाएर विवाह गर्ने क्रममा गाउँलेहरुको आक्रमणमा परि नवराज विक, सहित गणेश वुढा र टीकाराम विकको हत्या गरि भेरीमा फालिएको अवस्थामा शव भेटिएको हो ।

लोकेन्द्र सुनार, गोविन्द शाही र संदिप विक अझै सम्म पनि वेपत्ता छन । घटनामा संलग्न वडाध्यक्ष डम्वर बहादुर मल्ल, केटीका बाबु वीर बहादुर मल्ल, आमा प्रकाशी मल्ल सहित घटनामा संलग्नलाई प्रहरीले नियन्णमा लिएको छ

प्रकाशित मिति : मंगलबार, जेष्ठ १३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij