कपिलवस्तुमा दलित परिवार माथि कुटपिट

कपिलवस्तुमा दलित परिवार माथि कुटपिट

कपिलवस्तु -कपिलवस्तुको मायादेवी गाउंपालिकामा एक दलित परिवार माथि निर्घात कुटपिट भएको छ । मायादेवी ३ डुमरिया गाउंमा

यादव र पासी परिवार विच भैसी चराउने विषयमा बालबालिकाबाट समान्य विवाद भई कुटपिट भएको र दलित भन्दै कुटपिट गरिएको पिडितले आरोप लगाएका छन । स्थानीय बद्री यादव र राजकमल यादव, फागु, बद्री , धर्मराज, ढुनमुन, सन्तराम, रामसेवक ले पुर्वग्राहीरुपमा पासी परिवारलाई कुटपिट गरेको पासी परिवारले आरोप लागाएका हुन ।

कुटपिटबाट चम्पा पासी, श्रीराम पासी, रामनिवास पासी र परशुराम पासी लगायतका आधा घाइते भएका छन । सो घटनामा चम्पा पासीलाई टाउकोमा गम्भीर चोट लागेको छ भने ६५ बर्षीय पुरुष श्रीराम पासीको दाहिते हात भांचिएको छ त्यसतै रामनिवास पासी र परशुराम पासीको टाउको चोट लागेको छ।

न्यायका खोजिमा प्रहरीमा गएपछि मुद्दा दर्ता नभए पछि महिला आयोग र दलित आयोगमा मुद्दा दर्ता गराएको पिडित राम मिलन पासीले जानकारी दिनु भयो ।

बद्री यादव र राजकमल यादव, फागु, बद्री , धर्मराज, ढुनमुन, सन्तराम, रामसेवकसग सम्पर्क गर्दा खोज्दा सम्पर्क हुन सकेको छैन । स्थानियका अनुसार यादव परिवार समेत घाइते भएका छन ।

यता इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरिक्षक गणेश सुबेदीका अनुसार जेठ ९ गते उक्त विकास भएको थियो । यादव र पासी परिवार विच भैसी चराउने विषयमा बालबालिकाबाट समान्य विवाद भई कुटपिट भएको बताउनु भयो । दुबै परिवारका १० जना सदस्य घाइते भएकोले स्थानिय स्वास्थ्य संस्थामा उपचार भैरहेको बताउनु भयो ।

प्रहरी कार्यालयमा निवेदन परेकोले उहाहरुको आएपछी छलफल हुने निरिक्षक सुवेदीले बताउनु भयो । यो विवाद दुई परिवार विचको विवाद रहेकोले यादव र पासीको विवाद नभएको बताउनु भयो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij