सभापति शाह द्धारा गणतन्त्र दिवसकाे शुभकामना व्यक्त

सभापति शाह द्धारा गणतन्त्र दिवसकाे शुभकामना व्यक्त

 
बुटवल-नेपाली कांग्रेसकाे नेतृत्वमा ०६२/०६३ काे ऐतिहासिक जनआन्दाेलनबाट प्राप्त गणतन्त्र स्थापना भएकाे १३ वर्ष पुगेकाे अवसरमा सबैमा सभापति शाह बाट लोकतन्त्र दिवस को शुभकामना व्यक्त गरेका छन । याे अवधिमा कांग्रेसकै नेतृत्वमा देशले संविधान पाएकाे छ । समाबेशी , समानुपातिक प्रणाली स्थापित भएकाे छ । महिला , आधीवासी जनजाती,मधेसी,दलित र पिछडिएका सबैले महत्वपूर्ण भूमिका पाएका छन् । स्थानीय सरकार देखि प्रदेश सरकार र संसदमा समेत समावेशी, समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनु गणतन्त्रकै उपलब्धी हाे । अझै आर्थिक,सामाजिक र सास्कृतीक रूपान्तरणका सवालमा धेरै काम गर्न बाँकी नै छ । अझै अभ्यासबाट सिक्दै राष्ट्रिय एकता थप बलियाे बनाउने र जनताकाे जिवनस्तर माथि उठाउनुपर्ने दायित्व हाम्राे काँधमा छ । देशकाे समृद्धि र राष्ट्रियताकाे सवालमा देश गणतन्त्र ल्याउने बेलामाजस्तै एकढिक्का हुन आवश्यक रहेको शाहले बताए । अहिले विश्वनै काेराेना भाइरस (काेभिड १९) काे महामारीका कारण समस्यामा छ । नेपाल पनि काेराेनाकाे कहर झेलिरहेकाे छ । काेराेनाका कारण समस्यामा रहेका देशभित्र र बाहिर रहेका नेपाली जनताकाे हितमा सम्पुर्ण ध्यान केन्द्रीत गर्न सरकारकाे ध्यानाकर्षण गराएका छन । यतिबेला काे प्राथमिकता काेरना काे मारमा रहेका नागरिकको दैनिकी लाई सहज बनाउने कार्यमा केन्द्रित रहन आग्रह गर्दछु र अन्तमा आज हामी गणतन्त्र दिवस मनाईरहदा फेरि पनि मुलुक र हाम्रो रास्टिृय सवालहरूमा सिङ्गो देस एक भयर उभिनु पर्ने चुनाैति देखिएकाे याे जटिल परिस्थितिमा सबै राजनीतिक दलहरुलाई दलगत स्वार्थ भन्दा माथि उठ्न पनि हार्दिक अपिल गरेका छन । गणतन्त्र सबै नेपाली काे लागि बाच्ने खुसि हुने आधार बनाउन सकियाेस हार्दिक शुभकामना । बाचाै र बचाओै ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ १५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij