संक्रमितलाई आइसोलेसनमा लैजाँदा झडप, १२ राउण्ड हवाई फायर

संक्रमितलाई आइसोलेसनमा लैजाँदा झडप, १२ राउण्ड हवाई फायर

रौतहट – रौतटहको इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा शुक्रबार बिहान स्थानीय र प्रहरी बिच झडप भएको छ । इशनाथ नगरपालिका वाड नं. ७ जोकाहामा स्थानीय र प्रहरीबीच झडप भएको हो। जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि तनाव भएको हो। तनाव बढेपछि त्यसलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेका थिए। त्यसपछि भएको तनावले झडपको रुप लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। आक्रोशित स्थानीयले प्रहरीको गाडी पनि तोडफोड गरेका छन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij