मस्को ।
रुसमा नोभेल कोरोना भाइरसको संक्रमणबाट एकदिनमा मृत्यु हुनेको संख्या अहिलसम्मकै उच्च रहेको जनाइएको छ ।
पछिल्लो चौबीस घण्टामा रुसमा २३२ कोरोना संक्रमितको मृत्यु भएको छ । रुसमा हालसम्म कोरोना संक्रमणबट मृत्यु हुनेको संख्या चार हजार ३७४ पुगेको छ । रुसी कोरोना रोकथाम केन्द्रका अनुसार पछिल्लो चौबीस घण्टामा ८ हजार ५७२ कोरोना संक्रमित थपिएका छन् ।
हालसम्म रुसमा कोरोना संक्रमितको संख्या तीन लाख ८७ हजार ६२३ पुगेको छ । यो संख्या विश्वमै अहिलेसम्मको तेस्रो ठूलो संख्या हो । सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा छन् भने दुई नम्बरमा ब्राजिल छ ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्