काठमाडौं ।
नेपालमा थप १७० जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ ।
नयाँ संक्रमितमध्ये १६५ पुरुष र ५ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा .विकास देवकोटाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा जानकारी दिए । प्रवक्ता देवकोटाका अनुसार संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन् ।
त्यस्तै निको भएर घर फर्कनेको संख्या २०६ पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका हुन् ।
यस्तै अर्घाखाँचीका एक ३५ वर्षीय युवाको कोरोना संक्रमणबाट मृत्यू भएको छ । योसँगै मृतककको संख्या ६ पुगेको छ । उनी भारतबाट नेपाल आएका हुन् ।
मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् ।
आजको अपडेटमा क्वारेन्टाइनमा ९९ हजार ३ सय ३६ जना रहेका छन् । हालसम्म आइसोलेसनमा देशभरी १ हजार जना रहेका छन् ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्