JanataToday.com

Advertisment

SKIP THIS

बजेटबारे कांग्रेस संसदीय दलमा छलफल,संविधान संशोधनको विषय उठेन

बजेटबारे कांग्रेस संसदीय दलमा छलफल,संविधान संशोधनको विषय उठेन

काठमाडौँ
सरकारले ल्याएको बजेटबारे संसद्‌मा कसरी प्रस्तुत हुने भन्नेबारेमा कांग्रेसले आफ्ना सांसदहरुलाई प्रशिक्षित गरेको छ । योजनाविद् समेत सहभागी रहेको शुक्रबार बसेको संसदीय दलको बैठकमा बजेटका कमीकमजोरी र सुधार गर्नुपर्ने क्षेत्रमा सांसदहरुलाई प्रभावकारी धारणा राख्नसमेत सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक ।
बैठकमा पूर्वअर्थमन्त्री रामशरण महत, पूर्वयोजना आयोगका उपाध्यक्षहरु स्वर्णीम वाग्ले, गोविन्द पोखरेल, जगदीशचन्द्र पोखरेल र अर्थविद् विश्व पौडेलले बजेटका सकारात्मक र नकारात्मक पाटोको बारेमा जानकारी गराएका थिए ।
बैठकमा सांसद एवं केन्द्रीय सदस्य गगन थापाले पार्टीले निर्णय गरिसकेको अवस्थामा सांसदहरुले परिचालन गर्ने स्थानीय पूर्वाधार विकास कार्यक्रमका लागि छुट्याएको बजेट लिन नहुने मत राख्नुपर्ने बताएका थिए । कोरोना महामारीले नेपाली अर्थतन्त्र धरासायी बनाएका बेलामा यस्तो रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्ने उनको तर्क थियो । तर, सांसद भरत शाह र राजन केसीसहितका केहीले

भने उक्त रकमको विरोध गर्न नहुने धारणा राखेका थिए । चुनावमा बाँडेको आश्वासन पूरा गर्नका लागि पनि उक्त कार्यक्रम खारेज गर्न नहुने उनीहरुको भनाइ थियो ।

बजेटका सन्दर्भमा छलफल गर्ने एजेण्डा राखेर बोलाइएकाले सरकारले ल्याएको संविधान संशोधनको विधेयकमाथि भने बैठकमा छलफल भएन ।
संविधान संशोधनको बारेमा कांग्रेसले शनिबार बोलाएको बैठकले औपचारिक निर्णय गर्ने बताएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij