दाङ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूती गराउन गएकी एक महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं। ११ मज्गैं निवासी २९ वर्षीया मिरा भुसालको शल्यक्रिया गरी बच्चा निकालिएको भए पनि उनको भने मृत्यु भएको छ ।
उच्च रक्त चापका कारण ती महिलाको मृत्यु भएको प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भुसाल जेठ १४ गते प्रसूती सेवाका लागि प्रतिष्ठानमा भर्ना भएकी थिइन् ।
शल्यक्रिया गरी बच्चा जन्मेपछि शुक्रबार उनको मृत्यु भएको भन्ने खबर प्रतिष्ठानले दिएको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्