काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा संविधान संशोधन विधेयकको पक्षमा मतदान गर्ने प्रस्ताव पेश भएको छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग समावेश गरी सरकारले सार्वजनिक गरेको नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा संशोधन गर्न संसदमा प्रस्तुत हुने प्रस्तावको पक्षमा मतदा गर्न संसदीय दललाई निर्देशन गर्दछ भनि प्रस्ताव आएको छ ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा संविधान संशोधनसिहत कोरोना महामारी, रुकुम पश्चिम घटनालगायतका विषय छलफलका लागि एजेण्डा पेश गरेका थिए । छलफलमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् । छलफल संविधान संशोधनमा बढी केन्द्रित छ ।
अधिकांश केन्द्रीय सदस्यले संविधान संशोधनको पक्षमा जोड दिएको छन् । केही केन्द्रीय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरो बनाउने गरी काँग्रेसले प्रस्तुत हुन नहुने तर्क गरेका थिए ।
केन्द्रीय सदस्य प्रदीप गिरीलगायतले मधेशका समस्याबारे काँग्रेस बेखबर हुन नहुनेमा जोड दिएका थिए । गत शुक्रबार सरकारले जारी गरेको नयाँ नक्साअनुसार निसान छापमा पनि नयाँ नक्सा राख्नका लागि सरकारले संविधान संशोधन दर्ता गराएको छ । केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखे पनि पार्टीले संविधान संशोधनकै पक्षमा निर्णय लिने शर्माको भनाइ छ ।
काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा संविधान संशोधनसिहत कोरोना महामारी, रुकुम पश्चिम घटनालगायतका विषय छलफलका लागि एजेण्डा पेश गरेका थिए । छलफलमा केन्द्रीय सदस्यले आफ्नो धारणा राखिरहेका छन् । छलफल संविधान संशोधनमा बढी केन्द्रित छ ।
अधिकांश केन्द्रीय सदस्यले संविधान संशोधनको पक्षमा जोड दिएको छन् । केही केन्द्रीय सदस्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिरो बनाउने गरी काँग्रेसले प्रस्तुत हुन नहुने तर्क गरेका थिए ।
केन्द्रीय सदस्य प्रदीप गिरीलगायतले मधेशका समस्याबारे काँग्रेस बेखबर हुन नहुनेमा जोड दिएका थिए ।
गत शुक्रबार सरकारले जारी गरेको नयाँ नक्साअनुसार निसान छापमा पनि नयाँ नक्सा राख्नका लागि सरकारले संविधान संशोधन दर्ता गराएको छ । केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखे पनि पार्टीले संविधान संशोधनकै पक्षमा निर्णय लिने शर्माको भनाइ छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्