बुटवल
देश अहिले कोरोना Covid19 बाट आक्रान्त बनेको अवस्था छ यसैविच प्रधानमन्त्री के पि शर्मा ओलिले यहि १५ गते देशबासीका नाममा सम्बोधन पछी आवश्यकता अनुसार विधालय र परीक्षा सञ्चालन गरी शैक्षिक गतिविधी सञ्चालन गर्न सकिने भने लगतै निजि विधालय सञ्चालक प्याप्सन र एन प्याप्सन लगातए निजि बिधालय सञ्चालकहरुले यहि २१ गते देखि निजि विधालयले भर्ना प्रकृया सञ्चालन गर्ने भने लगतै अभिभावकहरु र विधार्थी संघ संगठनले गरृका विरोधका विज्ञप्तीहरुले अहिले सामाजिक सञ्जाल भरिएका छन। सामुदायिक विधालयहरुलाई क्वारेन्टाईन बनाई निजि विधालयलाई भर्ना प्रकृया सञ्चालन गर्ने निर्णयले निजि विधालयलाई सरकार नै संरक्षण गर्न लागि परेको आवाज आउन लागेका छन।
निजि विधालयले अभिभावकहरुबाट मनपरि शुल्क असुल गरेको आरोप लागिरहेको बेला कोरोनाले देश आक्रान्त हुदा पनि निजि विधालयले भर्ना प्रकृया सञ्चालन गर्ने निर्णय गरेको भन्दै नेपाल नेविसंघ केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेलले आज फेसबुक स्टाटस मार्फत यदि २१ गते देखि निजि विधालयले भर्ना प्रकृया सुरु गरे ठूलो दुर्घटना हुने भनेर लेख्नुभएको छ। उहाले देश आज कोरोनाबाट आक्रान्त बनेको बेला अभिभावकहरुले दैनिक खर्च कसरी ब्यवस्थापन गर्ने भनेर चिन्तित भईरहेको अवस्थामा निजि विधालयले गरेको निर्णय कुनै हालतमा मान्य नहुने भनेर लेखेका छन साथै भर्ना प्रकृयाको विषयमा अन्य क्रियाशिल विधार्थी संघ संगठने पनि विरोध गर्नुभएको छ।यसरी निजि विधालयले भर्ना प्रकृया सुरु गरे विधार्थी संघ संगठन र निजि विधालय विच द्धन्द उत्पन्न हुने देखिन्छ।

प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्