काठमाण्डौ
सरकारले अन्तर्राष्ट्रिय सीमा नाका असार १६ गतेसम्म बन्द गर्ने भएको छ ।मन्त्रिपरिषद्को बैठकले लकडाउन ३२ गतेसम्म लम्बाउने र सीमा नाका १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो । त्यस्तै हवाई उडान असार १३ गतेसम्म बन्द हुनेछन् ।
सरकारले सीमा नाकामा थप कडाइ गर्ने भएको छ । सीमाबाट जथाभाबी नागरिक आउँदा कोरोनाको जोखिम झनै बढेकाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार स्वास्थ्य जाँच गरेर मात्रै नेपाल भित्रन दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
सीमा क्षेत्रबाट अवैध रुपमा आवत जावत भइरहेकाले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको सङ्ख्या थप्ने र नेपाल प्रहरीलाई पनि परिचालन गरिने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
कोरोनाको प्रभाव बढी देखिएका ठाउँमा लकडाउन थप कडाइ गर्ने र सुरक्षा निकाय परिचालनको जिम्मा गृह मन्त्रालयलाई दिइएको पनि उहाँले बताउनुभयो ।
तर लकडाउनको मोडालिटीको बारेमा कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले गृहकार्य गरेर टुङ्गो लगाउने मन्त्री खतिवडाले जानकारी दिनुभयो ।
शनिबार नै बसेको सुरक्षा परिषद्को बैठकले पनि कोरोना रोकथामको लागि सुुरक्षाकर्मीको उपस्थिति थप बलियो बनाउने निधो गरेको उहाँले जानकारी दिनुभयो ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्