पूर्वअर्थमन्त्री पौडेलद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

पूर्वअर्थमन्त्री पौडेलद्धारा रुपन्देहीका पत्रकारलाई सुरक्षा सामाग्री प्रदान

बुटवल–  पूर्व अर्थमन्त्री तथा रुपन्देही क्षेत्र २ का प्रतिनिधि सभा सदस्य विष्णु पौडेलले रुपन्देहीका पत्रकारहरुका लागि सुरक्षा सामाग्री उपलब्ध गराएका छन् । आईतबार सांसद पौडेलले उपलब्ध गराएको ज्याकेट र मास्क नेपाल पत्रकार महासघ रुपन्देही शाखाका अध्यक्ष यानेन्द्र जिसिलाई हस्तान्तरण गरिएको छ ।

नेकपा रुपन्देहीका सचिव निर्मल जिसि, प्रचार विभाग प्रमुख मोहन चापागाई, नेकपा क्षेत्र न. २ का संयोजक तेजेन्द्र केसीले प्राप्त भएका पत्रकार परिचय पत्र सहितको ज्याकेट र मास्क हस्तान्तरण महासंघलाई हस्तान्तरण गरेका हुन । हस्तान्तरणका अवसरमा नेकपा रुपन्देहीका सचिवले महामारीको संकटमा परिचय सहित फिल्डमा खटिदा केहि हदसम्म सुरक्षा कायम हुन सक्ने बताए । कोरोना महामारीले स्थिती निकै असहज बनेको भन्दै सबैले सजगता अपनाउनुपर्ने उनले बताए ।

नेकपा महासचिव तथा रुपन्देहीका सांसद पौडेलले कोरोना महामारीका बेलामा अग्रमोर्चामा खटिने पत्रकारहरुका लागि उक्त सामाग्री उपलब्ध गराएको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाईले बताए । उनले पत्रकारिता चुनौतीपूर्ण पेशा भएकाले महामारीका बेला परिचयपत्र सहित फिल्डमा जादा त्यसले सहजता ल्याउन बताए ।

पत्रकार महासंघमा प्राप्त भएको उक्त सामाग्री महासंघका सदस्यहरुलाई वितरण गरिने अध्यक्ष यानेन्द्र जिसिले बताए । उनले पहिचान सहित फिल्डमा खटिनुपर्ने भएकाले यसले सहजता ल्याउने बताए । यसअघि महासंघ रुपन्देहीले सुरक्षा सामाग्री वितरण गरेको सचिव रामप्रसाद आचार्यले बताए । पत्रकारहरुको कोरोना बिमा पनि प्रक्रियामा रहेकाले आवश्यक कागजपत्र उपलब्ध गराउन उनको आग्रह छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij