संविधान संशोधनको प्रस्ताव संसदमा पेश

संविधान संशोधनको प्रस्ताव संसदमा पेश

काठमाण्डौ – संविधान संशोधनको प्रस्ताव संसदमा पेश भएको छ ।

संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा राख्न संसदमा संविधान संशोधन प्रस्ताव पेश भएको हो । कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयेक २०७७ को प्रस्ताव पेश गर्नुभएको हो । उहाँले निशान छापभित्र रहेको अहिलेको नक्साको ठाउँमा अद्यावधिक नक्सा राख्नको लागि संविधान संशोधन विधेयेक पेश गरिएको उहाँले जानकारी दिनुभयो ।

यसअघि पनि गएको बुधबार संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने कार्यसूची रहेकोमा नेपाली कांग्रेसले समय माग  गरेपछि स्थगित गरेको थियो । तर हिजोको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेपछि आज भने संशोधन प्रस्ताव पेश भएको हो ।

संविधान संशोधनको प्रस्ताव पारित हुन संसदमा दुई तिहाइ मत आवश्यक पर्छ ।  सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नयाँ नक्सा जारी गरिसकेको छ । संविधानको अनुसूची ३ मा रहेको निशान छापमा नयाँ नक्सा राख्नुपर्ने भएकाले सरकारले संविधान संशोधनको तयारी गरेको हो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij