नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५६७ पुग्यो

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ५६७ पुग्यो

काठमाण्डौ – आइतबार एकैदिन एक सय ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार सबैभन्दा धेरै राैतहटमा २९ जना सङ्क्रमित थपिएका छन् । त्यस्तै सल्यानमा २५, धनुषामा २१, कालीकाेटमा र दैलैखमा १८/१८ जनामा काेराेना पुष्टि भएकाे हाे ।

त्यस्तै सप्तरीका १२, सर्लाहीका १०, बाँकेका आठ, पर्सा र कपिलवस्तुका पाँच/पाँच, झापामा चार, बाजुरा र कैलालीमा तीन/तीन जनामा सङ्क्रमण पुष्टि भएकाे हाे ।स्याङ्जामा दुई, तनहुँ, माेरङ र सुर्खेतमा एक/एक जना थपिएका हुन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १५६७ पुगेको छ । आज एक जना सङ्क्रमित डिस्चार्ज भएसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या २२० भएको छ ।

कोरोना सङ्क्रमणबाट अहिलेसम्म आठ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij