सल्यान- बाँकेको अगैया नजिकै जङ्गलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको छ । बाँके प्रहरीका अनुसार घाइतेमध्ये सल्यानका धेरै छन् ।
घाइते हुनेमा सल्यान जिल्लाका शारदा नगरपालिका–६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० वर्षीय मीनराज बिक, सिद्धकुमाख गाउँपालिका–५ का तेजबहादुर बुढाथोकी, १८ वर्षीय धनबहादुर बोहरा, सिद्धकुमाख–४ का २८ वर्षीय लोकेश घर्ती, सल्यानकै ५२ वर्षीय दीपबहादुर बुढा, शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका–५ का २६ वर्षीय निमबहादुर बादी, १८ वर्षीय देवेन्द्र बुढाथोकी र १७ वर्षीय ज्ञानबहादुर बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।
यस्तै दाङका ४५ वर्षीय मेघराज केसी, दाङ तुलसीपुरका ३९ वर्षीय विष्णु गिरी, वडा नं. २ का २३ वर्षीय रूपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० वर्षीय दीपेश चौधरी, सोही गाउँपालिका वडा नं २ का २१ वर्षीय जीवन घर्ती, २० वर्षीय भरत थापा रहेका छन् ।
यस्तै रोल्पाको त्रिवेणी गाउँपालिकाका–७ का १७ वर्षीय सुनिल परियार, सोही ठाउँका २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, रोल्पाका ५२ वर्षीय नरबहादुर बिक, रोल्पाका ४० बर्षिय दिलबहादुर बिक रहेका छन् ।
घाइते सबैको कोहलपुरमा उपचार भइरहेको छ ।
नेपालगन्जबाट सल्यानका लागि छुटेको ना ५ ख ५९९५ को फोर्स गाडी राप्तिसोनारी–२ मा दुर्घटना भएको थियो ।
गाडी ठुरिया जङ्गलमा रोकिराखेको वा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएको प्रहरीले जनाएको छ ।
गाडीमा ३३ जना सवार थिए । दुर्घटनामा मृतकको सनाखत हुन सकेको छैन ।
प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्