तरुणदल द्वारा पत्रकारलाई मास्क बितरण

तरुणदल द्वारा पत्रकारलाई मास्क बितरण

भैरहवा ।

नेपाल तरुण दल सिद्धार्थनगरले भैरहवामा क्रियाशिल रहेका नेपाल प्रेस युनियनका पत्रकारहरुलाई केएन ९५ मास्क बितरण गरेको छ । आईतबार एक छोटो कार्यक्रमको आयोजना गर्दै तरुण दल सिद्धार्थनगरले मास्क बितरण गरेको यसका सचिव कोशिश खडकाले जानकारी दिए । कोभिड–१९ को महामारीको समयमा अग्रपंक्तिमा रहि समाचार संकलन गर्ने पत्रकारहरुलाई थोरै भए पनि राहतको अनुभुति गराउन मास्क बितरण गरिएको उनले बताए ।कार्यक्रममो बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व सभासद ईश्तियाक अहमद खाँनले नेपाली कांग्रेसका शुभेच्छुक संस्था नेपाल प्रेस युनियनलाई परेको बेला सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले अहिलेको समयमा सञ्चारकर्मिहरुले नै सबैलाई सु सुचित गराई रहेको कारण उनिहरुलाई आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गर्ने समेत बताए । नेपाल तरुण दल सिद्धार्थनगरका सभापति दिपेन्द्र बुढाप्रिथीको अध्यक्षता, नेपाली कांग्रेसका महासमिति सदस्य तथा पूर्व सभासद ईश्तियाक अहमद खाँनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष दिपक क्षेत्री न्यौपाने, नेपाल प्रेस युनियनको सभापति रेखा भुषाल लगायतले बोलेका थिए ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij