पश्चिमाञ्चल यातयात व्यवसायी समितिद्धारा व्यवसायीलाई ५२ लाख राहात सहयोग

पश्चिमाञ्चल यातयात व्यवसायी समितिद्धारा व्यवसायीलाई ५२ लाख राहात सहयोग

बुटवल -कोभिड १९ को महामारीका कारण यातायात क्षेत्रको व्यवसाय धरासायी भएको ठहर सहित आफना व्यवसायीलाई राहात स्वरुप पश्चिमाञ्चल यातयात व्यवसायी समिति बुटवलले ५२ लाख सहयोग गरेको छ ।
विभिन्न संघ संस्थाहरुले व्यवसायी तथा सदस्यहरुलाई खाद्यान्य लगायतका सामग्री राहात स्वरुप प्रदान गरेकोमा पश्चिमाञ्चल यातयात व्यवसायी समितिले आफना सदस्य व्यवसायीहरुलाई एक महिनाको दूर्घटना वीमा वाफत लिने रकम छुट गरि दिएको छ ।
समितिले मासिक रुपमा दूर्घटना वाफत प्रति ट्रक २ हजार ५ सय रुपैयाँ लिने गरेकोमा कोभिड १९ को महामारीका कारण यातायात क्षेत्र समस्यामा परेको भन्दै एक महिनाको रकम समितिले आफै तिरिदिएको अध्यक्ष यमप्रसाद पाण्डेले बताउनु भयो ।
समितिमा आवद्ध नियमित रुपमा मासिक दूर्घटना शुल्क बुझाउने २ हजार ८० गाडीको एक महिनाको रकम ५२ लाख समितिले बुझाईदिएको कोषाध्यक्ष हरि रिमालले बताउनु भयो ।
लकडाउनले पारेको समस्यामा एक महिनाको २५ सय रुपैयाँ बुभाउन नपरेपछि यातयात व्यवसायीलाई केही राहात महशुष भएको महासचिव जीत बहादुर भाटले बताउनु भयो ।
समितिले मासिक रुपमा दूर्घटना हेर्ने गरि सदस्य व्यवसायीवाट प्रति ट्रक हरेक महिना २५ सय रुपैयाँ उठाएर व्यवसायीको सवारी साधन दूर्घटनामा परेमा वा कोही अन्य सवारी साधन तथा मानिस पशुपन्क्षी लगायतलाई ठक्कर दिएमा समितिले खर्च व्यहोरने गरि क्षेतीपुर्ति एवम उपचार र मर्मत गराईदिन गदै आएको वरिष्ठ उपाध्यक्ष प्रताव बहादुर कार्कीले बताउनु भयो ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij