काठमाडौं ।
नोभेल कोरोना भाइरसका २०१ संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशभर २०१ संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमण देखिनेमा आज १७९ पुरुष र २२ जना महिला रहेका उनले जानकारी दिए ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या २३०० पुगेको छ । जसमा दुई हजार १३० पुरुष रहेका छन् भने १७० महिला रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा पीसीआर ४ हजार ९२४ वटा नुमना संकलन गरे परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
आज कोरोना परीक्षणको दर केही बढेको देखिन्छ । पछिल्लो २४ घण्टामा १२ जना कोरोना निको भएर घर फर्किएका छन् ।
हालसम्म देशभरबाट कोरोनालाई जितेर २७८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । जसमा २२२ जना पुरुष र ५६ जना पुरुषहरु रहेका छन् ।
देशभर एक लाख २० हजार ३७९ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्