काठमाडौं
सरकारले कर तिर्ने समयावधि बढाएको छ।जेठ २५ सम्म कर तिरिसक्न भन्दै सूचना गरेको सरकारले चौतर्फी आलोचनापछि असार ७ सम्मलाई समयावधि थप गरेको हो। आन्तरिक राजश्व विभागले असार ७ गतेसम्म कर तिर्ने म्याद थप गरेको हो।
सोमबार विभागले सूचना जारी गरेर २५ भित्र कर तथा कर विवरण नबुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना तिर्नुपर्ने चेतावनी दिएको थियो।वैशाख १४ गते बसेको मन्त्रिपरिषद्को निर्णयले चैत र वैशाखमा तिर्नुपर्ने करको म्याद जेठ २५ का लागि बढाएको थियो।
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्