कञ्चन
रुपन्देहीको कञ्चन गाउपालिकामा १५ औं छुवाछुट मुक्त घोषणा दिवसको औचित्य बारे सरोकारवालाहरु बिच अन्तरक्रिया गरिएको छ। अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले ऐन र कानुनमा भएको कुरालाई भाषणमा ब्यक्त गरेर मात्र छुवाछुट मुक्त समाज बन्न नसक्ने बताउनु भएको छ ।
छुवाछुट मुक्त समाज निर्माणका लागि समाजका अगुवाहरुले ब्यबहारमा लागु नगर्दा समाजमा जनचेतनाको नाममा गरिने भाषणका कार्यक्रमले समाजमा ऐन तथा कानुनहरु लागु नहुने तर कानुनमा उल्लेखित ऐनहरुलाई कार्यान्वयन गरी जातिय छुवाछुट मुक्त समाज निर्माण गर्न जातिय बिभेदका बिरुद्ध बोल्ने समाजका हामी जस्ता अगुवाहरुले लागु गर्नु पर्ने कुरामा जोड दिनु भएको छ । अध्यक्ष क्षेत्रीले कञ्चनमा जातियताको आधारमा कुनैपनि क्षेत्रमा बिभेद गरेको पाइएमा गाउपालिकाको हरेक सेवा सुबिधाबाट बञ्चित गरी कानुन बमोजिम कार्बाही गरिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ ।
यस्तै कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले समाजमा कुनैपनि बहानामा जातिय बिभेद गरिएको छ भने गाउपालिकामा गठित न्यायिक समिति मार्फत कानुनी कार्बाहीको प्रकृयालाई प्राथमिकता दिइने बताउदै समाजमा घटने बिकृतिजन्य सामाजिक कुसंस्कारलाई आफ्नो धर्म संस्कारको नाममा एक जातिले अर्को जातिलाई हिंसा र बिभेद गरिनु मानबिय अपराध भएको बताउनु भएको छ ।यदि समाजमा जातिय बिभेद गरिन्छ र जातिय बिभेदलाई प्रसय दिने कुनै गतिबिधी गरिन्छ भने कानुनी रुपमा दण्डनिय हुने समेत उल्लेख गर्नु भएको छ।
कञ्चन गाउपालिका वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले समाज एक्काइसौं शताब्दीमा प्रबेश गरिसक्दा पनि जातिय बिभेद जस्तो सामाजिक अपराध जिवित बनाउने प्रयास गरिनु मानव जातिका लागि दुखद पक्ष भएको बताउनु भएको छ। जातिय छुवाछुट मुक्त राष्ट्र घोषणा भएको १५ बर्ष हुदा पनि समाजमा छुवाछुटको अवशेष रहिरहनुले अझै पनि मानवले मानवलाई एउटै हौं भन्ने भावना र चेतनाको बिकास नभइसकेको अनुभव धारणा ब्यक्त गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कञ्चन गाउ कार्य समितिका अध्यक्ष भरतमणी सापकोटाले पार्टी भित्र जातिय बिभेद नभएपनि समाजमा चेतना स्तर अझै सामन्ती संस्कार र ठूलाले सानालाई हेयको दृष्टिले हेर्ने प्रबृतिको अन्त नभएकोले समाजमा छुवाछुट मुक्त समाज बन्न नसकेको बताउनु भएको छ।
नेपाली कांग्रेस,कञ्चन गाउ कार्य समितिका सभापति यम बहादुर क्षेत्रीले धर्म र संस्कृति भनेको मान्छेलाई अनुशासनमा बाँध्ने कडीमात्र भएको तर परापुर्व कालमा त्यतिबेलाका समाजकै अगुवाहरुबाटै धर्म संस्कारको नाममा जातिय बिभेदले प्रसय पाउदै आएको उल्लेख गर्नु भएको छ।अव समाजले बिज्ञान र प्रबृधिको माध्यमबाट निकै धेरै फडको मारिसकेको छ तर पनि जातिय बिभेद हामीबाटै भएकोले अव कुनै ढिलाई नगरी छुवाछुट अन्त्यको लागि एकबद्ध हुनुपर्ने धारणा राख्नु भएको थियो
रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था,कञ्चन ४ का अध्यक्ष दिनानाथ आचार्यले मानव जाति एकै भएको भएपनि कामको आधारमा मानिसलाई बर्गिकरण गरिएको तर समाजमा अरु भन्दा फरक हुने अस्वस्थ प्रतिस्पर्धाले कामका आधारमा बर्गिकृत मानिसलाई जातियतामा बिभाजनमा पुर्याएको हुने बताउनु भएको छ ।
थकालीटोल बिकास संस्थाका अध्यक्ष तथा उत्पिडित महिला बिकास मञ्चका सल्लाहकार नन्द बहादुर खडकाथोकीले जातिय बिभेद कानुनी रुपमा दण्डनिय हो भन्ने कुरा थाहा भएको समाजका कतिपय अगुवाहरुको ब्यबहार र सोंचमा जातिय बिभेदयुक्त चिन्तन दिनानु दिन बृद्धि हुदै गएकोमा चन्ता ब्यक्त गर्नु भएको छ।जव सम्म ब्यक्तीको सोंच र चिन्तनमा प्रगतिशिल बिचारले जरा गाडदैन तव सम्म समाजमा जातिय बिभेद जिवित रहिरहने धारणा ब्यक्त गर्नु भएको छ।
सामुदायिक रेडियो कञ्चनका कार्यक्रम संयोजक हिमा बेलबासेले जातिय बिभेद अन्त्यको लागि आफ्नो क्षेत्रबाट महोत्वपुर्ण भुमिका निर्वाह गर्दै आइहेको र आगामी दिनहरुमा पनि समाजमा बर्षौं देखि सामाजिक बिकृतिको रुपमा जरा गाडदै आइरहेको जातिय बिभेदको आधारमा गरिने छुवाछुट अन्त्यको लागि अग्रपंक्तीमा रहेर कार्य गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।
उत्पिडित महिला बिकास मञ्च,कञ्चन ४,रुपन्देहीको आयोजनामा भएको कार्यक्रममा छुवाछुटको अन्त्य संगै पश्चिम रुकुम जाजरकोट चौरझारीमा जातिय बिभेदका अधारमा
भएको मानविय अपराधको भ्रत्सना गर्दै नेपाल कम्युनिष्ट पार्टी क्रान्तीकारी माओबादीका केजी कुमार पौडेल,राष्ट्रिय जनमुक्ति पार्टीका भैरब बहादुर थापा,राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल,दक्षिण टोल बिकास संस्थाकाका भिम बहादुर दर्जी,रोशन सुनार लगातले पश्चिम रुकुम जाजरकोट चौरझारीको घटनामा संलग्न दोषीलाई कार्वाह र पिडितलाई न्याय प्रदान गर्न एक्यबद्धता जाहेर गरेका थिए ।
मञ्चका अध्यक्ष नितु परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य पुरन बहादुर परियारको स्वागत तथा मिना खडकाथोकीले संचालन गर्नु भएको थियो ।रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह कञ्चन ४,गरगरेको सभाहलमा भएको कार्यक्रममा कञ्चन गाउपालिकाले आर्थिक सहयोग गरेको थियो ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्