गुल्मीमा पत्रकारलाई पिपिई वितरण

गुल्मीमा पत्रकारलाई पिपिई वितरण

 गुल्मी– कोरोना महामारीको क्रममा फ्रन्टलाइनमा रहि समाचार सम्प्रेषण गर्ने जिल्लाका पत्रकारहरुलाई पिपिई वितरण गरिएको छ । नेपाली काँग्रेस गुल्मी काठमाडौं सम्पर्क समिति (विपद् व्यवस्थापन समिति) सहयोगमा नेपाल प्रेस युनियन गुल्मीले नेपाल पत्रकार महासंघलाई २५ थान पिपिई सेट वितरण गरेको हो ।
नेपाली कांग्रेस गुल्मीका सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, जिल्ला सदस्य एवम् महासमिति सदस्य शालिकराम पन्थी, नेपाल प्रेस युनियनका जिल्ला सभापति रेशम कुँवर लगायतले बिहीबार महासंघका जिल्ला अध्यक्ष नवराज भुसाललाई हस्तान्तरण गरेका थिए । पीपीई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका जिल्ला सभापति श्रेष्ठले कोरोनाको जोखिमका बिच फ्रन्टलाइनमा रहेर काम गर्ने पत्रकारलाई सजिलो होस् भन्ने उद्देश्यले नेपाली कांग्रेस गुल्मी (काठमाण्डौ सम्पर्क समितिले पिपिई पठाएको बताए । उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ लाई मध्यनजर गर्दै हस्तान्तरण गरिएको पीपीईले सञ्चारकर्मीलाई ठूलो सहयोग पुग्ने बताए ।
कार्यस्थलमा यसको भरपूर प्रयोग गर्न पनि आग्रह गरे । अध्यक्ष भुसालले पीपीई उपलब्ध गराएर सहयोग प्रदान गरेको नेपाली कांग्रेस गुल्मी काठमाडौँ सम्पर्क समिति,नेपाली कांग्रेस गुल्मी र नेपाल प्रेस युनियन गुल्मी लाई धन्यवाद् ज्ञापन गरे । कोभिड(१९ रोकथामका लागि नेपाली कांग्रेस गुल्मी (काठमाण्डौ सम्पर्क समितिले सञ्चारकर्मी र फ्रन्टलाइनमा काम गर्ने निकाय र ब्यक्तिका लागि छिट्टै युनियन मार्फत वितरणका लागि अत्यावश्यक स्वास्थ सामग्री पठाइने जानकारी सम्पर्क समिति अन्तर्गत गठित विपद व्यवस्थापन समितिका संयोजक योगराज कंडेलले जानकारी दिए । नेपाल प्रेस युनियनले पिपिइ सहित अन्य अत्यावश्यक स्वास्थ सामग्री उपलब्ध गराइदिन अनुरोध गरे बमोजिम हाल ३५ थान पिपिइ प्राप्त भैसकेकोमा ती मध्ये २५ थान नेपाल पत्रकार महासंघ गुल्मीलाई हस्तान्तरण गरिएको र नपुग भएको अवस्थामा बाकी सामाग्री पनि थप गर्दै जाने अध्यक्ष रेशम कुँवरले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा नेपाल प्रेस युनियनका निबर्तमान् अध्यक्ष हरीकुमार श्रेष्ठ, नेपाल प्रेस युनियनका केन्द्रिय प्रतिनिधि तारा प्रसाद भुसाल लगायतको आतिथ्यता रहेको थियो । नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवँरको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन सचिव रमेश विश्वकर्माले गरेका थिए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij