देबदह र रुकुम घटनाको बिरोधमा बुटवलमा जनमुक्ति युवा महासंघद्वारा बिरोध प्रदर्शन

देबदह र रुकुम घटनाको बिरोधमा बुटवलमा जनमुक्ति युवा महासंघद्वारा बिरोध प्रदर्शन

बुटवल –  रुकुम र रुपन्देहीको देवदहमा भएको पाशविक हत्याको विरोधमा आन्दोलन थप चकिंदैं गएको छ ।रुपन्देहीको बुटवलसहित देशभर विरोधमा कार्यक्रम भइरहेको हो ।

यसैक्रममा राष्ट्रिय जनमुक्ति पार्टी निकट मोर्चाहरु जनमुक्ति युवा महासंघ,राष्ट्रिय दलित मोर्चा,राष्ट्रिय महिला मोर्चा,राष्ट्रिय पूर्व सैनिक संगठनले आज संयुक्त रुपमा बुटवलमा जनप्रदर्शनसहित विरोध सभा गरेको हो ।

कार्यक्रममा बोल्दैं राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय उपाध्यक्ष दलबहादुर विरकट्टाले जातीय विभेदकैं कारण रुकुम र देवदहमा घट्ना घटेको भन्दैं दोषीलाई कडा कारवाही नभएसम्म आन्दोलन नरोकिने बताउंनुभयो ।

मुलुकमा वर्गिए नभई जातीय समस्या नैं प्रमुख समस्या भएको भन्दैं उहांले जनयुद्धको उद्गम स्थलमा यस्ता घट्ना घट्नु दुःखद भएको बताउंनुभयो । उहांले घट्नाका दोषीलाई कारवाही गर्नु भन्दा सरकार बचाउंने खेलमा लागेको आरोप लगाउंनुभयो ।


राष्ट्रिय दलित मोर्चाका केन्द्रीय सह–संयोजक हरिओम विकले छुवाछुट र विभेद कायम रहेसम्म मुलुक सम्वुद्धि बन्न नसक्ने बताउंनुभयो । उहांले कानूनमा जातीय समानताको कुरा रहेपनि कार्यान्वयमा सरकार रमिते बनेको आरोप लगाउंनुभयो ।

राष्ट्रिय महिला मोर्चाकी केन्द्रीय वरिष्ठ उपाध्यक्ष मधु रानाले शान्तिपूर्ण आन्दोलनबाट सरकारले नसुने कडा रुपमा सडकमा उत्रनुको विकल्प नभएकोमा जोड दिनुभयो ।

कार्यक्रममा जनमुक्ति युवा महासंघ प्रदेश ५ का अध्यक्ष डीवि थापाको सञ्चालन तथा जिल्ला सचिव पहलसिंह राना लगायतले बोल्नुभएको थियो ।कार्यक्रम पूर्व बुटवलको पुष्पलाल पार्कबाट प्ले कार्ड सहित निस्केको र्यालीले बुटवल बजार परिक्रममा गरि मिडिया चोक(ट्राफिक चोक) मा पुगेर विरोध सभामा परिणत भएको थियो  ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij