प्रेस युनियन रुपन्देहीले गर्यो आफना सदस्यहरुको कोरोना बिमा

प्रेस युनियन रुपन्देहीले गर्यो आफना सदस्यहरुको कोरोना बिमा

बुटवल—नेपाल प्रेस युनियन रुपन्देहीले आफ्ना सदस्यहरुकालागि कोरोना बिमा गराएको छ । युनियनले कोभिड १९ को बढदो जोखीमका बाबजुद फिल्डमा खटिनु पर्ने पत्रकारहरुकालागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना बिमा गराएको हो ।
नेपाली काँग्रेस संसदिय दलका प्रमुख सचेतक तथा पुर्व रक्षामन्त्री बालकृष्ण खाँणको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ६८ जना पत्रकारहरुको कारोना बिमा गरीएको प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसालले बताउनु भयो । काँग्रेस नेता खाँणले महामारीको समयमा जोखीम बहन गर्दै अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षामा सबै गम्भिर हुनु पर्ने बताउनु भयो ।
काँग्रेस संसदिय दलका प्रमुख सचेतक खाँणको सहयोग र नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणको समन्वयमा पहिलो चरणमा कोरोनाको जोखीमलाइ छल्दै जिल्ला भित्रै रहेर बिभिन्न संचार माध्यमहरुमा नियमित काम गर्ने ६८ जनाको कोरोना बिमा गरीएको युनियनका सभापती भुसालले बताउनु भयो । युनियनले आफना सदस्यहरुकालागि आगामी दिनमा पनि चरणबद्ध रुपमा बिमा कार्यक्रमलाइ जारी राखीने जनाएको छ ।
महामारीको समयमा नागरिकलाई सुचना प्रवाह गर्ने काममा खटिने पत्रकारको स्वास्थ्य सुरक्षाको बिषयमा नेपाली काँग्रेस रुपन्देही गम्भिर रहेको सचिव रामकृष्ण खाँणले बताउनु भयो ।
प्रेस युनियन रुपन्देहीले यसअघि पनि आफना सदस्यहरुलाई चरणबद्ध रुपमा न्युनतम स्वास्थ्य सुरक्षा सामाग्री पनि प्रदान गर्दै आएको छ । कोभिड १९ को जोखमीबाट बच्न आवश्यक सावधानी अपनाएर पेशागत भुमीका निर्वाह गर्न युनियनले सम्पुर्ण पत्रकार तथा संचारकर्मीहरुलाइ आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij