रुपन्देहीका १८ सहित२७८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो,

रुपन्देहीका १८ सहित२७८ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २ हजार ९१२ पुग्यो,

रुपन्देही ।

रुपन्देहीमा १८ सहित पछिल्लो २४ घण्टामा २७८ कोरोना संक्रमित थपिएका छन । थपिएका मध्ये २६७ जना पुरुष र ११ जना महिला रहेका छन । यो संगै कोरोना संक्रमितको संख्या २ हजार ९१२ पुगेको छ । ६८ जिल्लामा कोरोनाको संक्रमण भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा रुपन्देहीको सैनामैनामा १ महिला र १७ जना पुरुषमा कोरोना पुष्टि भएको हो । सैनामैना १ कि ४८ बर्षिय महिला र बनकट्टामा रहेको क्वारेन्टीनमा रहेका १७ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । कपिलबस्तुमा २२ संक्रमित थपिएका छन ।

नवलपरासीमा २ , पाल्पाका १ जनाको कोरोना पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या पुगेको छ । प्रदेश पाँचमा कोरोना संक्रमितको संख्या ९६५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशभर पछिल्लो २४ घण्टामा २७८ कोरोना संक्रमित थपिएका हुन् । उनले कोरोना भाइरसको संक्रमण देखिनेमा २६७ जना पुरुष र ११ जना महिला रहेका बताए ।

देशभर कुल कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९१२ पुगेको छ । आज सातै प्रदेशका विभिन्न क्वारेन्टाइनमा १ लाख ६६ हजार ८६५ जना छन् ।

नोभेल कोरोना भाइरसको संक्रमणबाट सुर्खेतको पञ्‍चपुरीका २८ वर्षीय पुरुष मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु
पछिल्लो २४ घण्टामा ४३ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुने ३ सय ३३ जना रहेका छन् । जसमा महिला ६१ जना अन्य पुरुष रहेका छन् ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij