तीन लाख घुससहित पाल्पाका वडाध्यक्ष रुपन्देहीको सालझण्डीबाट पक्राउ

तीन लाख घुससहित पाल्पाका वडाध्यक्ष रुपन्देहीको सालझण्डीबाट पक्राउ

बुटवल -तीन लाख घुस सहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –७ बल्ढेङगढीका वडाध्यक्ष देबेन्द्र पुन तीन लाख घुस रकमसहित बिहान शनिबार बिहान ७ बजे पक्राउ परेका हुन् । रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग तीन लाख घुस लिने क्रममा अख्तियार दुुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले पुनलाई रंगेहात पक्राउ गरेको हो ।

काठको काम गर्ने एक ब्यवसायीसँग काठ लिलामीको काममा सहजीकरण गरिदिने भनी घुस लिंदै गरेको अवस्थामा पक्राउ गरिएको आख्तियार कार्यालय बुुटवलका सूूचना अधिकृत सुुरेश भुसालले जानकारी दिए । पुनलाई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij