द- बिश्वकर्मा युथ क्लबद्धारा देशभर घटेको अमानविय घट्नाको बिरुद्धमा बिरोध र्‍याली 

द- बिश्वकर्मा युथ क्लबद्धारा देशभर घटेको अमानविय घट्नाको बिरुद्धमा बिरोध र्‍याली 

बुटवल-रुकुम र रुपन्देहीको देवदहमा भएको हत्याको विरोधमा आन्दोलन थप चकिंदैं गएको छ ।रुपन्देहीको बुटवलसहित देशभर विरोधमा कार्यक्रम भइरहेको हो । यसैक्रममा द बिश्वकर्मा युथ क्लब अफ बुटवलले  देशभर घटेको अमानविय घट्नाहरुको बिरुद्धमा सरकारको ध्यानकर्षण  सहित विरोध सभा गरेको हो ।
पश्चिम रुकुमको चौरजहारीमा भएको नरसंहारमा मारिएका ६ जना युवाहरुको हत्या र देवदहमा अंगीरा पासीको हत्याका आरोपीहरुलाई कारवाहीको लागि टाउकामा कालोपट्टी बाधेर सरकारको ध्यानाकर्षण गराउदै विरोध प्रदर्शन गरेको हो ।
बिरोध र्‍यालीमा सबै को रगत रातो हुन्छ भन्ने सन्देस प्रवाह गर्दै आधा कपडा लगाएर शरिरमा लेखेर ब्रामहण,जनजाती,दलित हामि सबै एक हौ भन्ने सामाजिक सन्देश दिन खोजिएको द -बिश्वकर्मा युथ क्लब अफ बुटवलका अध्यक्ष निर्मल सुनारले बताउनुभयो ।

कार्यक्रममा संयुक्त दलित संघर्ष समिति रुपन्देहीका संयोजक हरिओम विश्वकर्माले जातीय विभेदकैं कारण रुकुम र देवदहमा घट्ना घटेको भन्दैं दोषीलाई कडा कारवाही नभएसम्म आन्दोलन नरोकिने बताउंनुभयो ।छुवाछुट र विभेद कायम रहेसम्म मुलुक सम्वुद्धि बन्न नसक्ने बताउंदै उहांले कानूनमा जातीय समानताको कुरा रहेपनि कार्यान्वयमा तहमा भने सरकार लाग्न नसकेको आरोप लगाउंनुभयो ।

उक्त विरोधसभामा दलित अभियान्ता नर बहादुर सुनारले दलित समुदायमाथि भएको विभेद विरुद्ध आफूहरु सडक संघर्षमा उत्रेको बताउँदै सरकारले दोषीलाई छानविन गरि कडा कारवाही नगर्दासम्म आन्दोलनमा उत्रने बताउनुभयो ।

त्यस्तै रुपन्देही सुनचाँदी व्यवसायी संघका सचिव किशोर सेन्चुरीले रुकुम र रुपन्देहीको देवदहमा भएको घटना जघन्य अपराध भएकोले दोषीलाई कानूनी दायरामा ल्याउनुपर्ने माग गर्नुभयो ।
परियार सेवा समाज रुपन्देहीका अध्यक्ष लोक बहादुर नेपालीले एक्काइसौ सताब्दीमा आइपुग्दा समेत समाजमा जातीय बिभेद हट्न नसक्नु अत्यन्तै लज्जास्पद र दुखद रहेको बताउनुभयो ।

कार्यक्रममा दलित नेताहरु सावित्रा विश्वकर्मा, नरेन्द्र दर्जी,समाजवादी पाटिका पंकज राई,राष्ट्रिय दलित पत्रकार संघका केन्द्रीय सदस्य रीता बुढाथोकी लगायतले बोल्दै जातीय विभेदको मुद्धा सबैको साझा समस्या भएकाले गैरदलितहरुको पनि साथ र सहयोग रहनुपर्ने बताउनुभ्एको थियो । कार्यक्रम संजिब सुनारको सञ्चालनमा भएको थियो ।कार्यक्रम पूर्व बुटवलको पुष्पलाल पार्कबाट प्ले कार्ड सहित निस्केको र्यालीले विरोध प्रदर्शनमा सम्पूर्ण मानवजाती एक हौ , जातीय विभेद, छुवाछुत र हिंसाको अन्त्य गर, न्यायप्रेमी जनता सबै एक जुट हौ, रुकुम नरसंहार र देवदहकी अंगीरा पासीको हत्यामा संलग्नलाई तत्काल कारवाही गर भन्दै प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।उक्त र्याली बुटवल बजार परिक्रममा गरि ट्राफिक चोकमा पुगेर विरोध सभामा परिणत भएको थियो ।

प्रकाशित मिति : शनिबार, जेष्ठ २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij