काठमाण्डौ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलले प्रवक्ता डाक्टर विकास देवकोटालाई जिम्मेवारीबाट हटाएको छ । मन्त्रालयको प्रवक्तामा डाक्टर जागेश्वर गौतमलाई ल्याइएको छ ।
नेपालमा कोरोना भाइरसको सङ्क्रमण सुरु हुनु अघिदेखि मन्त्रालयमा प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका देवकोटाले आज प्रत्यक्ष प्रसारणमार्फत आफू बिदा भएको स्पष्ट पार्नुभएको छ ।
कोभिड १९ बारे ताजा जानकारी दिन भएको प्रेस बिफ्रिङमा बिदा माग्दै गर्दा देवकोटा भावुक हुनुभयो । उहाँले आफूलाई भन्दा पनि अब प्रवक्ताको रुपमा आउनुभएका डाक्टर जागेश्वर गौतमलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।
उहाँले अहिलेसम्म आफूलाई साथ र सहयोग गरेको भन्दै मन्त्रालयका कर्मचारी र मिडियाकर्मीलाई धन्यवाद दिनुभयो ।
डाक्टर देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । भोलिदेखि डाक्टर गौतमले कोभिड १९ को ताजा जानकारी गराउनुहुनेछ । गौतम यसअघि प्रसूति गृहको प्रमुख हुनुहुन्थ्यो
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्