दलित परिवारले पाएनन् क्वारेन्टिनमा बास

दलित परिवारले पाएनन् क्वारेन्टिनमा बास

काठमाडौं । भारतबाट परिवारका १० जनासहित फर्किएकी गौरीगंगा–३, झिल (बाशुदेवी)की ढुन्की कोलीलाई गाउँकै क्वारेन्टिनमा बस्न पाइन्छ भन्ने लागेको थियो।

तर, उनीहरूलाई वडाअध्यक्ष नरेन्द्र शाहले गाउँकै विद्यालयमा बनाइएको क्वारेन्टिनमा बस्न दिएनन्। उल्टै घरमै बस भनी हप्काए। कारण थियो– कथित तल्लो जात।

वडाअध्यक्षको क्वारेन्टिनमा बस्न नदिएपछि जेठानीको घरमा गएको स्थानीय ढुन्की कोलीले दुखेसो पोखिन्। ‘हामीले गाउँकै विद्यालयको बनाइएको क्वारेन्टिनमा आफूहरुलाई राख्न वडाअध्यक्षलाई आग्रह गर्यौं। तर, वडाअध्यक्षले आफ्नै घरमा बस भने,’ उनले भनिन्, ‘यसले विभेद महसुस भएको छ।’

विद्यालयमा ठाउँ हुँदाहुँदै पनि आफूहरुलाई बस्न नदिनु जातीय विभेद भएको उनको भनाइ छ।

उनीसँगै फर्किएकी मन्दिरा कोलीले पनि वडाअध्यक्षले आफूहरूमाथि गरेको व्यवहारले दुःख लागेको बताइन्। ‘भारतबाट दुःख पीडा सहदै आफ्नो गाउँ पुग्दा यो अवस्था भोग्नु जतिको दुःख के होला ररु‘ मन्दिराले भनिन्।

भारतबाट फर्किएका व्यक्तिलाई शुक्रबार राति खाना र बसाईको प्रबन्ध गरेका स्थानीय भरत सिंहमाथि भोलिपल्ट वडाअध्यक्षका छोराहरु लगायतको समूहले आक्रामण गरेपछि घटनाले उग्ररुप लिएको स्थानीय सरस्वती शाहले बताइन्।

दलित परिवारको पक्षमा बोल्दा सिंहलाई कुटपिट गरेको भन्दै त्यहाँका स्थानीयले वडाअध्यक्ष र उनका दुई छोराविरुद्ध चौमालास्थित इलाका प्रहरी कार्यालयमा शनिबार उजुरी दिएका छन्।

आफूले दलित परिवारको न्यायका लागि बोलेकाले वडाअध्यक्ष शाहका दुई छोराले आफूमाथि कुटपिट गरेको सिंहको आरोप छ।

क्वारेन्टिन सफाइ गर्न लागेकाले उनीहरूलाई घरमा बस्न पठाएको वडाअध्यक्ष शाहले बताए। उनले भने, ‘तनावको अवस्थाले मैले मेरो घरमा ठाउँ छैन, आफ्नै घरमै बस भनेकै हुँ।’

वडाअध्यक्ष शाहले छोराहरूले सिंहमाथि पनि कुटपिट गरेको र उनीहरूलाई सार्वजनिकरूपमा माफी माग्न लगाउने बताए।

प्रकाशित मिति : सोमबार, जेष्ठ २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij