तिलोत्तमा- नेपाल कम्युनिष्ट पार्टी नेकपा तिलोत्तमा नगर कमिटीले तिलोत्तमा नगरपालिका वडा नम्बर १० मंैनहियामा पाँचजना व्यक्तिको ज्यान जानेगरी घएको घटनाले आफ्नो पार्टीलाई स्तब्ध र मर्माहत बनाएको जनाएको छ ।
एक विज्ञप्ती जारी गर्दै नेकपाले घटनाको निन्दा गर्दै दोषीउपर कडा कारवाही र पीडित परिवारलाई राहतको माग गरिएको छ । नगर अध्यक्ष मोहन चापागाईं र सचिव लक्ष्मण खनालद्वारा जारी विज्ञप्तीमा घटनाको यथार्थ छानविन गर्न र यस्ता घटना दोहोरिन नदिन शान्ति सुरक्षाको राम्रो प्रवन्ध गर्न माग गरिएको छ । साथै विज्ञप्तीमा मृतकप्रति श्रदान्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरिएको छ । घटनामा गंगादेवी पशुफार्ममा कार्यरत माधव मुसहर, जानकी मुसहर, पोषराज मुसहर, करन चौधरी र आशिष चौधरीको घटनामा ज्यान गएको थियो ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्