बुटवल -नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर पाँचले प्रदेशका मुख्य मन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाउदै ट्रक व्यवसायीका समस्या समाधानका लागि आगामी वजेटमा व्यवस्था गर्न माग गरेका छन ।
कोभिड १९ ले गर्दा ट्रक व्यवसायीले भोग्नु परेको समस्याका वारेमा अवर्गत गराउदै मालवहाक सवारी साधनमा गत वर्ष देखि लगाईएको मुल्य अभिबद्धिकर भ्याटको विककल्प ल्याउन मुख्य मन्त्री समक्ष माग गरिएको छ ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघ प्रदेश नम्बर पाँचका संयोजक यम प्रसाद पाण्डे र पश्चिमाञ्चल यातायात व्यवसायी समितिका महासचिव तथा प्रदेश ५ का सल्लाहकार जित बहादुर भाटले सम्युक्त रुपमा मुख्यमन्त्री पोखरेलललाई ज्ञापनपत्र बmुभाउदै संघिय सरकारले आर्थिक वषर््ा २०७७ ।०७८ को वजेटमा पनि मालवहाक सवारी साधनलाई मुल्य अभिबद्धिकर भ्याट यथावत राखिएकोले यो सम्भव नभएकोले यसलाई हटाउन माग गरिएको छ ।
ज्ञापनपत्रमा कोभिड १९ को माहामारीको अवधीसम्मको यातायात व्यवसायीले लिएको बैक तथा वितिय संस्थाको ऋणको व्याज मिनाहा र किस्ताको पुनरताजकिकरणका लागि वजेटमा व्यवस्था गर्न माग गरिएको छ । त्यस्तै महामारीको समयमा पनि ट्रकका चालक र सहचालकले जोखिममोली सवारी संचालन गरेकाले उनिहरुको सुरक्षाको प्रबन्ध मिलाउनुका साथै कोेभिड १९ को माहमारीमा अग्रपन्तीमा खटिने सरहको बीमाको व्यवस्था मिलाउन माग गरिएको छ ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्