कालिकोट, । दैलेखका चार जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् ।
दुल्लु नगरपालिकामा रहेको कोरोना विशेष अस्पतालबाट दुल्लु नगरपालिका–११ का २३ र ३० बर्षीया दुई जना महिला सहित दुई बर्षीय एक बालक डिस्चार्ज भएका छन् ।
त्यस्तै दैलेख अस्पतालबाट ढुङ्गेश्वर गाउँपालिका १ का २३ वर्षकी एक जना महिलालाई सोमबार डिस्चार्ज गरिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिनु भयो ।
यो संगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या ११ पुगेको छ । जेठ २३ गते प्रदेश अस्पतालमा निर्माण गरिएको कोरोना विशेष अस्पतालबाट सुर्खेतका ६ जना र दैलेखका १ जना गरी जम्मा ७ जना ७ जनालाई डिस्चार्ज भएका थिए ।
प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्