रुपन्देही सामुहिक हत्याकाण्डको नेकपा महासचिव पौडेलद्धारा भर्त्सना

रुपन्देही सामुहिक हत्याकाण्डको नेकपा महासचिव पौडेलद्धारा भर्त्सना

बुटवल ।

मंगलबार बिहान रुपन्देहीको तिलोत्तमा १० कान्छी बजारमा भएको सामुहिक हत्याका बिषयमा नेपाल कम्युनिष्ट पार्टी नेकपा का महासचिव विष्णु पौडेल बिज्ञप्ति प्रकाशित गरेर घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । उनीहरुले दोषी माथि कारवाही र पिडीतलाई क्षतिपुर्तिको माग गरेका छन् ।
रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य तथा नेकपाका महासचिव विष्णु पौडेलले मँगलबार एक विज्ञप्ति जारी गर्दै रुपन्देहीको तिलोत्तमामा गएराती भएको सामुहित हत्याको सत्यतथ्य छानविन गर्न माग गर्नुभएको छ । महासचिव पौडेलले घटना बारे सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गर्दै विज्ञप्तिमा मृतकका परिवारलाई उचित राहत एवं क्षतिपूर्तिको व्यवस्था गर्न माग गर्नुभएको छ ।

पौडेलले समाजमा डरलाग्दो ढंगले देखा परिरहेका यस किसिमका आपराधिक मनोवृती फैलिन नदिन तथा नागरिकलाई सुरक्षाको प्रत्याभुती गर्न् सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij