JanataToday.com

Advertisment

SKIP THIS

विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत बढ्दैनः अर्थमन्त्री डा. खतिवडा

विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत बढ्दैनः अर्थमन्त्री डा. खतिवडा

काठमाडौं ।
अर्थमन्त्री डा =युवराज खतिवडाले विद्युतीय गाडी कुदाएर मात्रै विद्युतको खपत नबढ्ने भन्दै यसका लागि औद्योगीकरण र ग्रामीण विद्युतीकरण गरिनुपर्ने बताएका छन् ।

बजेटको विनियोजनबारे संसदमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले विद्युतीय सवारीले बढाउने एकरडेढ सय मेगावाट विजुलीको खपतले खास अर्थ नराख्ने टिप्पणी गरे ।

ग्रामीण विद्युतीकरणमा जोड दिएको सरकारले सर्वसाधारण जनताको पहुँचमा हुने सार्वजनिक सवारीका साधनलाई महत्व दिएकाले विद्युतीय सार्वजनिक सवारीको भन्सार दर एक प्रतिशत नै कायम राखिएको उनले सांसदहरुलाई सम्झाए ।

विद्युतीय सवारीमा कर बृद्धि र चक्लेटमा कर घटाएर केही व्यापारी पोस्ने बजेट ल्याएको भन्दै ओलोचित भइरहेका बेला अर्थमन्त्री खतिवडाले सदनमा भने, ‘अरु देशमा पनि एक सय प्रतिशतभन्दा बढी भन्सार महशुल तथा अन्तशुल्क लिने गरिएको छ । विद्युतीय गाडीमा पेट्रोलियम सवारीमा भन्दा थोरै कर र महशुल लगाउनुपर्छ भन्नेमा हामी पनि विश्वास गर्छौं, तर कतिसम्म त्यस्तो सहुलियत दिने रु’

चक्लेट आयातमा भन्सार घटाइएकोमा प्रष्टीकरण दिँदै उनले १२३ वटा फर्मले चकलेट आयात गरिरहेकाले कुनै एउटा फर्मलाई हेरेर निर्णय नलिएको तर्क गरे । गत वर्षको बजेटबाट ३० प्रतिशतको भन्सारलाई ४० प्रतिशत पु¥याइएको भन्दै उनले यो वर्ष चोरी तस्करी हेरेर भन्सार दर समायोजन गरिएको बताए ।

प्रदेश दुईमा अनुदान कम भएको भन्ने प्रश्नमा खतिवडाले कार्यक्रम नै पेश नभएकाले बजेट कम विनियोजन नभएको जवाफ दिए । उनले भने, ‘प्रदेशबाट योजना माग गर्दा नआएपछि केका आधारमा हाल्दिने रु’

अमेरिकी सहयोगको एमसीसी कार्यक्रम संसदबाट पारित भएपछि मात्रै कार्यान्वयनमा जाने बचन दिँदै उनले विगतका सरकारले गरेको सम्झौतालाई निरन्तरता दिन मात्र बजेटमा कार्यक्रम आएको बताए ।

बजेटको आकार घट्दा पनि प्रदेश र स्थानीय तहमा जाने बजेट नघटाएको भन्दै उनले संघमा पुराना दायित्व धेरै भएकाले दुई तिहाई बजेट राख्नुपरेको बताए ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २७ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij