भिटिएम र आरडीटी किटको अभाव ; प्रदेशसँग माग गर्दा उपलब्ध नगराएपछि सिमकोट गाउँपालिका आफैँले खरिद

भिटिएम र आरडीटी किटको अभाव ; प्रदेशसँग माग गर्दा उपलब्ध नगराएपछि सिमकोट गाउँपालिका आफैँले खरिद

हुम्ला,  ।जिल्ला स्वास्थ्य कार्यालयमा भिटिएम र आरडीटी किटको अभाव भएर प्रदेशसँग माग गर्दा प्रदेशले उपलब्ध नगराएपछि सिमकोट गाउँपालिका आफैँले भिटिएम खरिद गरेको गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले बताए ।

हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना नागरिकहरुको पीसीआर विधिमार्फत कोरोना भाइरस परीक्षण गर्नका लागि भीटीएम किट खरिद गरेको छ ।
छिमेकी मुलुक भारत तथा नेपालका विभिन्न जिल्लाबाट आएका नागरिकहरुलाई क्वारेन्टाइनमा राखिएको तर उनीहरुको कोरोना परीक्षण नगरी घर पठाउन नसकिने र पठाए पनि नागरिकहरु पनि जान नमान्ने भएकाले परीक्षण गर्नु रहेको रहेको उनको भनाइ छ । तर परीक्षण गर्न भने भीटीएम र आरडीटी किटको अभाव भएपछि पालिकाले आफ्नै लगानीमा २ हजार थान भीटीएम खरिद गर्नु परेको अध्यक्ष लामाले बताए ।

अहिले पछिल्लो समयमा आरडीटी किटबाट परिक्षण गर्दा प्रभावकारी नहुने भएपछि कोरोनाको प्रभावकारी रुपमा परीक्षण गर्न भीटीएम किट नै विश्वासिलो र प्रभाबकारी हुने सिमकोट गाउपालिका स्वास्थ्य शाखा प्रमुख दानबहादुर बोहोराले बताए । उनले सोही कारण भिटिएम खरिद गर्ने भनेर पालिकाले निर्णय गरेपछि २ हजार थान भिटिएम खरिद गरी गाउँपालिकामा पुगिसकेको जानकारी दिए ।

मंगलबारसम्म स्थलमार्गबाट ८५ र हवाई मार्गबाट २ सय २५ जना गरी ३१० जाना देशका विभिन्न जिल्लाबाट आएर सिमकोट गाउँपालिकाका ९ वटा क्वारेन्टाइनमा बसेका छन् । अझै आउने क्रम जारी रहेकाले जिल्ला बाहिरबाट कति आउने हुन यकीन नभएको स्वास्थ्य शाखा प्रमुख बोहोराले बताए ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij