कालिकोट कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । कालिकोटमा यात्रु बोकेको टिप्पर कर्णाली नदीमा खसेको छ । भारतबाट आएकाहरुलाई क्वारेन्टाइनतर्फ लैजाँदै गरेको टिप्पर बुधवार बिहान कर्णालीमा खसेको हो । दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।
कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीय दिलबहादुर शाहीले जानकारी दिए । उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो ।
दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ । यद्यपी घटनाको थप विवरण आउन बाँकी छ ।बुधवार बिहान कर्णालीमा खसेको हो । दुर्घटनामा करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ । स्थानीयले केहीको जिवितै उद्धार गरेका छन् ।
कर्णाली करिडोर अन्तर्गत लालीघाटको भीरबाट टिप्पर नदीमा खसेको स्थानीय दिलबहादुर शाहीले जानकारी दिए । उनका अनुसार टिप्परले जिल्लाको रास्कोट नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा भारतबाट आएकाहरुलाई लैजाँदै थियो ।
दुर्घटनापछि प्रहरीको टोली घटनास्थलर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् । रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ । यद्यपी घटनाको थप विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्