अर्घाखाँची : क्वारेन्टाइनमा एकजनाको मृत्यु

अर्घाखाँची : क्वारेन्टाइनमा एकजनाको मृत्यु

अर्घाखाँची ;अर्घाखाँचीको क्वारेन्टाइनमा बसेका एकजनाको मृत्यु भएको छ । अर्घाखाँचीे मालारानी गाउँपालिकाको क्वारेन्टिनमा बसेर उपचारका लागि बुटवल गएर फर्कँदै गरेका ५७ वर्षीय यमप्रसाद खनालको मृत्यु भएको हो ।

मालारानी गाउँपालिका–४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टिमा बसेका उनी उपचार गरी फर्कर्दै गर्दा बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिए ।

भारतबाट आएका खनाललाई स्वासप्रस्वासमा समस्या देखिएपछि शल्यक्रियासमेत गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि खनाल उपचारका लागि मङ्गलबार जिल्ला अस्पताल सन्धिखर्कमा आएका थिए ।

सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल सिफारिस गरिएको थियो । अस्पतालमा उपचारपछि घर फर्कँदै गरेका खनालको गोरुसिङ्गे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको स्थानीय गोकुल रिजालले बताए ।

उनको स्वाब परीक्षणका लागि पठाइए पनि रिपोर्ट नआएको स्वास्थ्य कार्यालयले जनाएको छ

प्रकाशित मिति : बुधबार, जेष्ठ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij