गण्डकीमा भेटिए २७ डेङ्गु सङ्क्रमित

गण्डकीमा भेटिए २७ डेङ्गु सङ्क्रमित

गण्डकी प्रदेशका ६ जिल्लामा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका बिरामी भेटिएका छन् । कोरोना भाइरसको जोखिमका बीच डेङ्गु र स्क्रब टाइफसको सङ्क्रमणसमेत बढेको हो ।

हालसम्म ती जिल्लामा डेङ्गुका २७ बिरामी फेला परेका छन् भने म्याग्दीमा पाँच जनामा स्क्रब टाइफस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । म्याग्दी र कास्कीमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित भेटिएका छन् । म्याग्दीमा १२ र कास्कीमा १० बिरामी फेला परेको बताइन्छ । गण्डकीका पर्वतमा दुई तथा बाग्लुङ, तनहुँ र नवलपुरमा एक–एक जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइन्छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij