थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि,सङ्क्रमितको सङ्ख्या ४ हजार ६१४ पुग्यो

थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि,सङ्क्रमितको सङ्ख्या ४ हजार ६१४ पुग्यो

काठमाण्डौ
नेपालमा बिहीबार थप दुई सय ५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ३० जना पुरुष र २० जना महिला गरी दुई सय ५० जनामा कोरोना पोजिटिभ भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ६ सय १४ पुगेको छ । यस्तै एक सय ८७ जना डिस्चार्ज भएसँगै निको हुनेको सङ्ख्या आठ सय ६१ पुगेको छ ।

अहिलेसम्म एक लाख १५ हजार नौ सय ३० जनाको पीसीआर र एक लाख ७८ हजार एक सय ४३ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

गएको २४ घण्टामा मात्रै पाँच हजार एक सय ९४ जनाको पीसीआर र पाँच हजार दुई सय ६३ जनाको आरडीटी परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार एक लाख ६२ हजार १३ जना क्वरेण्टीनमा र तीन हजार सात सय ३८ जनालाई आइसोलेशनमा राखिएको छ ।
कोरोना सङ्क्रमणका कारण नेपालमा अहिलेसम्म १५ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij