रोहिणी गाउँपालिकाद्वारा योजना माग

रोहिणी गाउँपालिकाद्वारा योजना माग

भैरहवा
रोहिणी गाउँपालिकाले आर्थिक बर्ष २०७७÷०७८ को योजना तर्जुमाको लागी योजनाहरु माग गरेको छ । बुधबार गाउँपालिकाको बसेको कार्यपालिकाको बैठकले कोरोना महामारीको बिषम परिस्थितिमा वडा भेला गराई योजना माग गर्न जोखिम रहेको जनाउदै सरोकारवालालाई वडा कार्यालय मार्फत लिखित रुपमा योजना माग गरेको छ । रोहिणी गाउँपालिकाले सार्वजनिक सूचना जारी गरि प्राथमिकता क्रम अनुसार वडा स्तरिय, गाउँपालिका स्तरिय, प्रदेश सभामा माग गर्ने र संघमा माग गर्ने हो सो स्पष्ट रुपमा खुलाई असार ३ गते भित्र योजना माग गर्न आग्रह गरेको छ । यस अघि सम्म वडा कार्यालयहरु मार्फत वडामा भेला गराई छलफल गरेर योजनाहरु माग भई आए पनि अहिलेको अवश्थामा स्वास्थ्य सम्बन्धि जोखिम रहेको कारण भेला गराउन सम्भव नभएको गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जनाए । भेला गर्न नसके पनि गाउँ टोलका आवश्यकताहरु ओझेलमा नपरुन भनेर सार्वजनिक रुपमा योजना माग गरिएको उनले बताए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij