।
बुधबार दुई अध्यक्षले बोलेसँगै स्थगित गरिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक सुचारु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेपछि सुरु भएको बैठकमा सदस्यहरुले पेश गरिएको एजेण्डामाथि धारणा राख्ने क्रम सुरु भएको छ।
स्थायी कमिटि बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध खरो आलोचनामा उत्रने तयारी नेताहरुले गरेका छन्।
सरकार र पार्टी सञ्चालनमा मनपरी गरेको निष्कर्षसहित नेताहरुले ओलीविरुद्ध खनिने रणनीति तय गरेका हुन्।
अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर सदस्यहरुले सरकारको काम कारबाही र ओलीको पार्टी सञ्चालनबारे चर्को आलोचना गर्ने रणनीति तय गरेका नेताहरुले बताएका छन्।
दाहाल र नेपाल पक्षले ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री मध्ये एक पद छाड्न दबाब दिने स्रोतले बताएको छ।
बुधबारको बैठकमा अध्यक्षद्वय ओली र दाहालले एक अर्काप्रति अविश्वास र असन्तुष्टि व्यक्त गरेका थिए।
दुवै अध्यक्षले पार्टी व्यवस्थित हुन नसकेको स्वीकार गर्दै एकले अर्कालाई असहयोग गरेको आरोप लगाएका थिए।
ओलीले सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टी भित्रैबाट असहयोग र आलोचना भएको बताएका थिए भने दाहालले सहमतिका साथ पार्टी र सरकार सञ्चालन गर्ने सहमति तोडिएको बताएका थिए।
अध्यक्ष दाहालले आलोपालो प्रधानमन्त्री बन्ने सहमति छाडेर गल्ती गरिएको हो कि भन्ने महसुस आफूलाई भइरहेको बैठकमा बताएका थिए।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्