पोखरीमा डुबेर रुपन्देहीमा सात वर्षिय बालकको ज्यान गएको छ ।
जिल्लाको कोटहीमाई गाउँपालिका–४ स्थित जिगनिहवामा रहेको पोखरीमा बिहीबार दिउँसो १ः३० बजे खेल्ने क्रममा ७ वर्षिय राहुल चाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।जिल्लाको मायादेवी गाउँपालिका–१ अहिरौली घर भइ मामा घर गएका राहुल माछा पोखरीमा डुब्दा उनको ज्यान गएको हो ।
राहुलको मामा घर नजिकै रहेको पोखरीमा खेल्ने क्रममा डुब्दा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले जानकारी दिए ।
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्